मालिङ्गाको सनसनीपूर्ण प्रदर्शन, ह्याट्रिकसहित पाँच विकेट र मेडन ओभर
न्यूजिल्याण्डको श्रीलंका टूरको तेस्रो टी–२० क्रिकेटमा लासिथ मालिङ्गाले सनसनीपूर्ण प्रदर्शन गरेका छन् ।
पहिलो ओभरमा दुई रन मात्रै दिएका दिएका मालिङ्गाले तेस्रो ओभरमा आएर जादु देखाए । उनले ह्याट्रिकसहित लगातार चार विकेट लिए । तेस्रो ओभरको पहिलो र दोस्रो बल डट फालेका मालिङ्गाले लगातार चार विकेट लिदै मेडन ओभर फाले ।
न्यूजिल्याण्डलाई १२६ रनको लक्ष्य दिएकाे श्रीलंकाका लागि मालिङ्गाले आफ्नो तेस्रो ओभरमा फेरि अर्को विकेट लिइसकेका छन् । व्यक्तिगत पाँच विकेट लिइसकेका मालिङ्गा बलिङ गरिरहेका छन् ।
३६ वर्षीय मालिङ्गाले ७४ खेलमा १०३ विकेट लिइसकेका छन् ।