निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा मूल्य बढाईएको निगमले जनाएको छ ।
मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ ५० पैसा, डिजेल र मटितेल दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।
ग्यासको मूल्य भने प्रतिसिलिण्डर सिलिन्डरको १३ सय २५ रुपैयाँ नै कायम छ ।
बढेको मूल्य ३ पुष राति १२ बजेदेखि लागू हुनेछ ।