१५ दिनमा सुनको मूल्य चार पटक बढ्यो, एक पटक घट्यो
भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य मंगलबार फेरि प्रतितोला ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार ५०० पुगेको छ ।
आइतबार र सोमबार छापावाला सुन प्रतितोला ७२ हजारमा खरिदबिक्री भएको थियो ।
तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० ले वृद्धि भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । यसअघि तेजाबी सुन प्रतितोला ७१ हजार ७०० मा कारोबार भएको थियो ।
सुनको मूल्य वृद्धि भएसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको देखिएको छ । नेपाली बजारमा मंगलबार चाँदीको मूल्य प्रतितोला १० ले बढेर ८९५ पुगेको छ ।
पछिल्लो १५ दिनमा सुनको मूल्य चार पटक बढेको छ भने दुई पटक घटेको छ । यो अवधिमा सुनको मूल्य प्रतितोला दुई हजार ५०० ले वृद्धि भएको छ । १ भदौंमा छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७०० कायम भएको थियो ।
साउन महीनाको शुरुवातदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महीनामा मात्रै सुनको मूल्य करीब रु सात हजार ५०० ले वृद्धि भएको थियो ।