रोनाल्डो दशौं पटक वर्ष खेलाडी
विश्व स्टार क्रिस्टियानो रोनाल्डो दशौं पटक पोर्चुगिज वर्ष खेलाडी बनेका छन् ।
रोनाल्डो २००७ देखि यता वर्ष खेलाडी बन्दै आएका छन् । दशौं पटक वर्ष खेलाडी बनिसकेका रोनाल्डो २०१० र २०१४ मा मात्रै यो उपाधिबाट बञ्चित थिए ।
यो सिजनमा एट्लेटिको मड्रिडका जोहो फेलिक्स र म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भालाई रोनाल्डोले पछि पारे ।