गण्डकीका मुख्यमन्त्रीले लिएको विश्वासको मत बदर
![गण्डकीका मुख्यमन्त्रीले लिएको विश्वासको मत बदर](https://www.himalkhabar.com/uploads/posts/800X600/khagraj-adhikari-1712476759.jpg)
सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट लिएको विश्वासको मत बदर गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक भएको ठहर गरेको हो। प्रदेश सभाका ३० सांसदले दिएको मतलाई नै बहुमत भनेर मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरेका थिए।
यस विरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत वैशाख २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए।