हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
![हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध](https://www.himalkhabar.com/uploads/posts/800X600/rukum-east-(2)-1706850171.jpg)
हिउँ परेपछि रुकुम पूर्वसँग जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
दुई दिन लगातार हिउँ परेपछि मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम-पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन्। मध्यपहाडी लोकमार्गको लुकुम-पातीहाल्ना क्षेत्रको झण्डै १९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ।
![rukum east (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/Sangeeta Rajbhandary/rukum east (1).jpg)
बिहीबार दिनभरिजसो हिमपात भएपछि सडक खुलाउन सकिएको छैन। आज सडकमा जमेको हिउँ पन्छाउने तयारी भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए।
सडक अवरुद्ध भएपछि बिहीबार काठमाडौंबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन्। अलपत्र परेका यात्रुलाई प्रहरी र प्रशासनको गाडीमार्फत उद्धार गरेर रुकुमकोट ल्याइएको छ।
![rukum east (3).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/Sangeeta Rajbhandary/rukum east (3).jpg)
हिउँ परेपछि शहीदमार्ग पनि अवरुद्ध भएको छ। भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाको सिमाना रिकालेकदेखि हुकामसम्मको सडकखण्ड अवरुद्ध छ।
हिउँ परेपछि पुथा उत्तरगङ्गा गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ। यस क्षेत्रमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ।
![rukum east (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/Sangeeta Rajbhandary/rukum east (4).jpg)