मुख्यमन्त्री कार्कीले तीन मन्त्रीलाई दिए जिम्मेवारी
![मुख्यमन्त्री कार्कीले तीन मन्त्रीलाई दिए जिम्मेवारी](https://www.himalkhabar.com/uploads/posts/800X600/kedar-karki-main-1697268314.jpg)
कोशी प्रदेश सरकार गठन भएको डेढ महीनापछि तीन जना मन्त्रीले जिम्मेवारी पाएका छन्।
मुख्यमन्त्री केदार कार्कीको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले तीन जना मन्त्रीलाई जिम्मेवारी दिएका हुन्। आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी शम्शेर राईले पाएका छन्।
त्यस्तै, गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेपाली कांग्रेसबाट राई, नेकपा (माओवादी केन्द्र)बाट उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट जबेगू मन्त्री बनेका हुन्।
अझै पनि सरकारले पूर्णता पाउन सकेको छैन। मुख्यमन्त्री कार्कीले पाँच वटा मन्त्रालय सम्हालिरहेका छन्।
उनी असोज २७ गते मुख्यमन्त्री बनेका थिए। कांग्रेसका आठ सांसद र नेकपा (एमाले)का ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी र एकीकृत समाजवादीलाई लिएर सरकार गठन गरेका थिए।