रिहा भए रेशम
टीकापुर घटनामा जन्मकैदको सजाय सुनाइएका रेशम चौधरी आममाफी पाएर रिहा भएका छन्।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी जेठ १५ गते बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।
उनलाई आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको टीकापुर घटनाको योजनाकारका रूपमा तीनै तहका अदालतले जन्मकैदको सजाय सुनाएका थिए।
जेठ १४ मा बसेको मन्त्रिपरिषद् बैठकले ४८२ जनाको बाँकी कैद मिनाहा गर्न र चौधरी सहित १९ जनालाई आममाफी दिन सिफारिश गरेको थियो।