राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

संघीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पेश भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्। बैठकको प्रारम्भमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष पेश गरेका थिए।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले कृषि क्षेत्रको उत्पादन र उत्पादत्वक वृद्धि गरिने बताएका छन्। यसका लागि तीनै तहका सरकारबीच समन्वय गरिने बताएका छन्।
रैथाने बाली विकासलाई प्राथमिकतामा राखिने भएको छ। यससँगै प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने सरकारको नीति तथा कार्यक्रममा परेको छ।