प्रतिनिधि सभा सदस्य कोइरी निलम्बित
![प्रतिनिधि सभा सदस्य कोइरी निलम्बित](https://www.himalkhabar.com/uploads/posts/800X600/laxmi_mahato_koiri_1682670095.jpg)
हत्या अभियोग लागेका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्।
नेकपा (एमाले)बाट निर्वाचित सांसद कोइरीलाई वैशाख १९ गने निलम्बन गर्ने निर्णय भएको संघीय संसद् सचिवालयले जनाएको छ।
कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार अनुसन्धान गर्नुपर्ने भन्ने प्रहरी कार्यालयले पठाएको पत्रको आधारमा सभामुखले निलम्बन गरेको सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।
कोइरी गत मंसीरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी १ बाट निर्वाचित भएका थिए।