एसीसी प्रिमियर कपः नेपाललाई ११८ रनको लक्ष्य

एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी फाइनलमा यूएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो।
सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १०६ रन बनाएको अवस्थामा वर्षाले खेल अवरुद्ध भएको थियो। मंगलबार सोही स्थितिबाट खेल शुरू भएको हो।