राप्रपाका मन्त्रीहरूले दिए राजीनामा
_1677310404.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले सरकारबाट राजीनामा दिएका छन्।
राप्रपाका चारै जना मन्त्रीले शनिबार मध्याह्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त राजीनामा बुझाएका हुन्। राप्रपाका तर्फबाट उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले राजीनामा पत्र बुझाएका छन्।

राप्रपाबाट लिङ्देनसँगै चार जना मन्त्री सरकारमा सहभागी थिए। विक्रम पाण्डे शहरी विकास मन्त्री, ध्रुवबहादुर प्रधान कानून, न्याय तथा संसदीय मामिला मन्त्री र दीपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री रहेका थिए।
सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेपछि राप्रपा सरकारबाट बाहिरिएको हो।