गृहमन्त्रीमा दाबी गरेको छु: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा दाबी गरेको बताएका छन्।
संसद् भवनमा बसेको सत्तारूढ दलको बैठकमा आआफ्नो पार्टीको दाबी राखेको लामिछानेले बताए। “मैले गृहमन्त्रीमा दाबी गरेको छु,” लामिछानेले भने।
सत्तारूढ दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले कसलाई कुन मन्त्रालय दिने भन्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको बताए। “हामीले आआफ्नो पार्टीका तर्फबाट दाबी राखेका छौं, प्रधानमन्त्रीज्यूले निर्णय गर्नुहुन्छ,” उनले भने।
दाहाल नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री राख्ने तयारी छ। जसमा लामिछानेले उपप्रधानमन्त्री सहित गृहमन्त्रीका लागि दाबी गरेका हुन्।