माओवादी संसदीय दलको नेतामा पुष्पकमल दाहाल
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन्।
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको हो।
त्यस्तै, माओवादी संसदीय दलको प्रमुख सचेतकमा हितराज पाण्डे चयन भएका छन्। उनी पनि निर्विरोध चयन भएका हुन्।
यसै गरी, राष्ट्रिय सभामा दलको नेता नारायणकाजी श्रेष्ठ चयन भएका छन्।
राष्ट्रिय सभामा माओवादी प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे छन्। उनीहरू यसअघि नै चयन भएका थिए।