कांग्रेस संसदीय दलको चुनाव पुस ६ मा, यस्तो छ निर्वाचन कार्यक्रम
नेपाली कांग्रेस संसदीय दलको निर्वाचन पुस ६ गते हुने भएको छ।
कांग्रेस संसदीय दलको निर्वाचन गर्न गठित समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिका संयोजक भीष्मराज आङ्देम्बेले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मतदाता नामावली सार्वजनिक गरिने भएको छ।
त्यस्तै, पुस ५ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। बिहान ८ देखि १० बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ। त्यही दिन बेलुकी ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ।
पुस ६ गते बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा मतदान हुने भएको छ। मतदान सकिए लगत्तै मतगणना हुने संयोजक आङ्दम्बेले जानकारी दिएका छन्।