नारायणीमा डुङ्गा पल्टिंदा तीन जनाको मृत्यु
पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिंदा तीन जनाको मृत्यु भएको छ।
वनभोज खाएर फर्किंदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा कात्तिक १४ गते पल्टिएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए।
कँडेलका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता–४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो।
डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन्। घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन्। उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ। रासस