गुजरातमा पुल खस्दा १३० जनाको मृत्यु
भारतको गुजरातमा झोलुङ्गे पुल खस्दा एक सयभन्दा बढीको मृत्यु भएको छ।
कात्तिक १३ गते गुजरातको मौरवीमा मच्छु नदीको पुल खस्दा कम्तीमा १३० जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार, कात्तिक १४ गते बिहान ८ बजेसम्म उद्धार कार्य जारी छ।
पुल खस्दा कैयौं व्यक्ति नदीमा खसेको भारतीय सञ्चार माध्यमले जनाएको छ। बिबिसीका अनुसार, यो सय वर्ष पुरानो पुल हो।