महोत्तरीको भँगाहामा कर्फ्यू*
जिल्ला प्रशासन कार्यालय महोत्तरीले भँगाहा नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ।
दुई समुदायबीच झडप हुन लागेको भन्दै प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले कर्फ्यू लगाएका हुन्। कात्तिक १० गते साँझ ४ बजेदेखि शुरू भएको कर्फ्यू अर्को सूचना नआउँदासम्म कायम रहने पहाडीले जनाएका छन्।
कर्फ्यू लागेको चार किल्ला
–दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र
–उत्तर पूर्व ब्रह्मस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग
–पूर्वमा लोहारपट्टि नगरपालिका–१, बगडा चौध
–पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टि नजिकको पुलसम्म
*महोत्तरी हुनुपर्नेमा अन्यथा भएकाले सखेद सच्याइएको छ। –स.