राष्ट्रपति र प्रधानमन्त्रीले किन लगाएनन् भाइटीका?
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्।
राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमा छन्।
प्रधानमन्त्री देउवा भने भ्रातृशोकमा रहेकाले भाइटीका नलगाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन भएको एक वर्ष पुगेको छैन।