सत्यमोहन जोशीको निधनमा आज शोक बिदा
![सत्यमोहन जोशीको निधनमा आज शोक बिदा](https://www.himalkhabar.com/uploads/posts/800X600/Satyamohan-Joshi_1644317489.jpg)
संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा सरकारले मंगलबार शोक बिदा दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार सूचना जारी गरी कात्तिक १ गते देशभर शोक बिदा दिने निर्णय भएको जनाएका छन्। यससँगै संस्कृतिविद् जोशीको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
संस्कृतिविद् जोशीको असोज ३० गते बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो।
![](https://www.himalkhabar.com/uploads/editor/government/%E0%A4%B8%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%9C%E0%A4%A8%E0%A4%BF%E0%A4%95_%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A4%BE.jpg)