निर्वाचनका कारण पल शाहको पेसी स्थगित
नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका कलाकार पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ।
तनहुँ अदालतमा असोज २६ का लागि तोकिएको पेसी स्थगित भएको हो। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए।
यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते र असोज २ गतेका लागि तोकिएको थियो। जिल्ला न्यायाधीश दलबहादुर केसी मुख्य निर्वाचन अधिकृत र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय निर्वाचन अधिकृतका रूपमा खटिएका छन।
निर्वाचनका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारीतर्फका आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनका अध्यक्ष भानुभक्त सुवेदीले बताए। रासस