मलाई भेट्दा सामान्य व्यवहार गरिदिनु होला: अपूर्व सिंह
कलाकार अपूर्व क्षितिज सिंहले आफूसँग भेट हुँदा सामान्य व्यवहार गरिदिन आग्रह गरेका छन्।
हास्यव्यंग्यका क्रममा एउटा समुदायलाई अपमान गरेको आरोपमा हिरासतमा पुगेका सिंह कोभिड–१९ संक्रमण देखिएपछि भदौ २३ गते तारिखमा रिहा भएका थिए।
आफ्नो स्वास्थ्यमा सुधार आएको जनाउँदै उनले फेसबुकमा लेखेका छन्, “मलाई भेट्दा सामान्य व्यवहार गरिदिन हार्दिक अनुरोध गर्दछु।”
आफूमाथि जे भयो त्यसको १० प्रतिशत मात्रै बाहिर आएको उनको दाबी छ। बाँकी कुरा भन्ने सही समय नआई नसकेको सिंहको भनाइ छ। आफू विरुद्धको पाँच वटा मुद्दा विचाराधीन रहेको पनि उनले उल्लेख गरेका छन्।