सम्पत्ति शुद्धीकरण सहित १५ ऐन संशोधन (सूची सहित)
प्रतिनिधि सभा बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन सहित १५ ऐन संशोधन गरेको छ।
प्रतिनिधि सभाको भदौ २१ गते बसेको बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक मार्फत तीन वटा ऐन संशोधन गरेको हो। विधेयक बहुमतले पारित भएको हो।
चौतर्फी विरोधपछि निर्वाचन आयोग ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ माथिको संशोधन प्रस्ताव भने सरकारले फिर्ता लिएको थियो।
संशोधन भएका ऐनहरूः
१. पानी जहाज दर्ता ऐन, २०२७
२. मालपोत ऐन, २०३४
३. पर्यटन ऐन, २०३५
४. भवन ऐन, २०५५
५. दामासाही सम्बन्धी ऐन, २०६३
६. धितोपत्र सम्बन्धी ऐन, २०६३
७. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
८. सम्पत्ति शद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४
९. कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०
१०. पारस्परिक कानूनी सहायता ऐन, २०७०
११. संगठित अपराध निवारण ऐन, २०७०
१२. विद्युत् नियमन आयोग ऐन, २०७४
१३. मलुकी अपराध संहिता, २०७४
१४. सहकारी ऐन, २०७४
१५. विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५