माओवादी महासचिवमा देव गुरुङ, यी हुन् पदाधिकारी
नेकपा (माओवादी केन्द्र)को महासचिवमा देव गुरुङ चयन भएका छन्।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैैठकले गुरुङलाई महासचिव चयन गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। स्थायी समिति बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई चयन गरेको छ।
त्यस्तै, उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल र मात्रिका यादव रहेका छन्। सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, लीलामणि पोखरेल, गणेश साह, देवेन्द्र पौडेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की चयन भएका छन्।
कोषाध्यक्षको जिम्मेवारी श्रीराम ढकालले पाएका छन्। गत पुसमा सम्पन्न महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाललाई चयन गरेको थियो।