४ मंसीरमा चुनाव सम्पन्न गर्न तयार छौं: निर्वाचन आयोग
सरकारले घोषणा गरेको मितिमा निर्वाचन सम्पन्न गर्न आफूहरू तयार रहेको निर्वाचन आयोगले जनाएको छ।
मन्त्रिपरिषद् बैठकले ४ मंसीरका लागि निर्वाचन मिति तोके लगत्तै आयोगले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “निर्वाचनका लागि हामीले १०७ दिन पाएका छौं, जुन पर्याप्त छ।”
आयोगले आन्तरिक तयारी जारी राखेकाले चुनाव सम्पन्न गर्न कठिन नहुने पौडेलको भनाइ छ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि ४ मंसीरमा चुनाव गर्ने निर्णय गरेको छ।