खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प
खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार‚ आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको हो।
खोटाङ आसपासका क्षेत्र र काठमाडौं उपत्यकामा पनि भूकम्पको धक्का महसूस भएको छ। भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन।