काठमाडौंमा बिहानै भूकम्पको धक्का
काठमाडौं उपत्यका आसपासमा साउन ९ गते बिहान भूकम्पको धक्का महसूस गरिएको छ।
बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
मापन केन्द्रका अनुसार, यो पछिल्लो एक महीनायताको ठूलो भूकम्प हो। यसअघि असार ९ गते कास्की केन्द्रबिन्दु भएर ४.९ म्याग्निच्यूडको भूकम्प गएको थियो।