काठमाडौं बाहिर पाँच जिल्लामा मतदाता नामावली फारम अनलाइन भर्न सकिने
निर्वाचन आयोगले काठमाडौं उपत्यका बाहिर पाँच जिल्लामा मतदाता नामावलीको लागि अनलाइन फारम भर्न सकिने जनाएको छ।
आयोगका अनुसार चितवन, कास्की, मोरङ, काभ्रेपलाञ्चोक र झापामा अनलाइन फारम भर्न सकिन्छ। पाँच वटै जिल्ला साउन ४ गतेदेखि अनलाइन फारम भर्न सकिने आयोगले जनाएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरमा भने असार २९ गतेदेखि नै अलनाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको थियो।
फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, आवश्यक कागजपत्र सहित फोटो खिच्न र औंठा छापका लागि आयोगको जिल्ला कार्यालयमा जानुपर्दछ।
यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरूले भने पुनः फारम भर्नू पर्दैन।
फारम भर्न यो लिंकमा क्लिक गर्नुहोस्।