नेपाल श्रीलंकाभन्दा खराब अवस्थामा पुग्नसक्छ: केपी ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले अर्थतन्त्र सुधारमा ध्यान नदिएको जनाउँदै नेपाल श्रीलंकाभन्दा पनि खराब अवस्थामा पुग्नसक्ने बताएका छन्।
सोमबार होटल हिमालयमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले अर्थतन्त्र झनझन खस्किँदै गएको बताए। तर, गठबन्धन सरकारले अर्थतन्त्र सुधारका लागि काम गर्न नसकेको उनको भनाइ छ।
“गठबन्धन सरकारले अधोगतिमा ब्रेक लगाएन भने श्रीलंका भन्दा खराब अवस्थामा पुगाउँछ,” अध्यक्ष ओलीले भने, “कम्तिमा श्रीलंकाको हालतमा त पुर्याउँछ।”
सरकारले अर्थतन्त्र सुधार भन्दा पनि कमजोर बनाउँदै लगेको उनको आरोप थियो। देशलाई श्रीलंकाजस्तो हुनुबाट जोगाउन सबैले सचेत हुनुपर्ने उनको भनाइ थियो।