नारायणगढ-मुग्लिन सडकमा फेरि पहिरो, यातायात अवरुद्ध
नारायणगढ-मुग्लिन सडक खण्डमा आज फेरि पहिरो गएको छ।
चितवनको इच्छाकामना-६ चारकिलोमा आज बिहान ११ः३५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।
सडक अवरुद्ध हुँदा उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बाटोमै रोकिएका छन्। दुईतर्फी रूपमै सडक अवरुद्ध भएकाले गाडी रोकिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।
यो ठाउँमा पटक पटक पहिरोले सडक अवरुद्ध हुँदै आएको छ। गत दुई सातामा पाँच पटक सडक अवरुद्ध भएको छ।