राप्रपा महिला विभागको जिम्मेवारी महामन्त्री शाहीलाई
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री कुन्ती शाही महिला विभाग प्रमुख चयन भएकी छन्।
अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबार पार्टी उपाध्यक्ष रोशन कार्कीलाई स्थानीय तह परिचालन विभाग प्रमुख र शाहीलाई महिला विभाग प्रमुखमा मनोनयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार केन्द्रीय सदस्य राजेश गिरीलाई शिक्षा विभाग र ज्वाला संग्रोलालाई सामाजिक विभाग प्रमुख चयन भएका छन्।
यसैगरी, विभिन्न जिल्लामा देखिएका विवाद समाधान गर्न निरञ्जन थापाको संयोजकत्वमा गठित विवाद समाधान तथा छानबिन समितिलाई पूर्णता दिइएको श्रेष्ठले बताए।