खुल्यो नारायणगढ-मुग्लिन सडक
पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड बिहीबार मध्याह्नबाट सञ्चालनमा आएको छ।
पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो खसेको थियो। पहिरोले गएराति राति ११ः१५ बजेदेखि सडक अवरुद्ध भएको थियो।
यस्तै, नारायणगढ-मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका-६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे खसेको पहिरो पनि पन्छाएको छ। रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ।