सरकारमा जाने तयारीमा रहेको लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा गएको टोलीले मंगलबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा संविधान अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनुपर्ने, वैवाहिक अंगिकृत सम्बन्धी कानूनी व्यवस्थालाई निरन्तरता दिनुपर्ने, रेशम चौधरी लगायतलाई रिहा गर्नुपर्ने माग उल्लेख छ।
ज्ञापनपत्र बुझाउन अध्यक्ष ठाकुरसँगै लोसपाका नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, चन्दा चौधरी, उमाशंकर अरगरिया, अनिलकुमार झा गएका थिए। भेटवार्तामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का समेत सहभागी थिए।