काठमाडौंकी उपमेयरले पहिलो बैठकमा राखिन् तीन ‘स’ को प्रस्ताव
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पहिलो बैठकमा तीन ‘स’ भए मात्रै सफल हुन सक्ने बताएकी छन्।
महानगरको सोमबार बसेको पहिलो बैठकमा उनले सहकार्य, सहअस्तित्व र सहमतिबाट मात्रै सफलता प्राप्त गर्न सकिने बताएकी हुन्।
पद तथा गोपनीयताको शपथ ग्रहण भएकै दिन बसेको बैठकमा उनले फोहोरलाई सदुपयोग गरेर नै यसको सही व्यवस्थापन गर्न सकिने धारणा राखिन्। डंगोलले भनिन्, “फोहोरलाई मोहोर अब नारामा होइन, यथार्थमा बदल्नुपर्दछ।”
काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठक: