स्थानीय चुनावमा उम्मेदवारी दिएका पत्रकारको महासंघ सदस्यता खारेज
नेपाल पत्रकार महासंघले स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ।
महासंघको आइतबार बसेको केन्द्रीय समिति बैठकले उम्मेदवार बनेका दुई केन्द्रीय सदस्यसहित ३० सदस्यहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
महासंघको सदस्य रहेका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको महासंघको सदस्यता स्वतः खारेज हुने समेत बैठकले निर्णय गरेको महासंघका महाससचिव रोशन पुरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
पत्रकार महासंघको सदस्यता लिएका २०० जनाले उम्मेदवारी दिएको र उनीहरू मध्ये ८१ जना निर्वाचित भएका थिए।