रेलमार्गका लागि ६ अर्ब ५३ करोड विनियोजन
सरकारले रेलमार्गका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्व–पश्चिम रेलमार्ग सहितका रेलमार्ग आयोजनाका लागि ६ अर्ब ५३ रुपैयाँ बजेट छुट्याएको जानकारी दिए।
उक्त रकम रेलमार्ग आयोजना अघि बढाउन मुआब्जा वितरण र अध्ययन गर्ने कामका लागि विनियोजन गरिएको हो।