उपत्यकाका दुई ठाउँमा अन्डरपास र दुई ठाउँमा फ्लाइओभर निर्माण गरिने
सरकारले काठमाडौं उपत्यकाका दुई ठाउँमा अन्डरपास र दुई ठाउँमा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले काठमाडौंको कोटेश्वर र नयाँ बानेश्वरमा अन्डरपास र ललितपुरको सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण शुरू गर्ने जनाएका छन्।