काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने सडकमार्ग बनाइने
सरकारले काठमाडौंदेखि चितवनसम्म सडकमार्ग मार्फत एक घण्टामा पुग्न द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा निजी क्षेत्रको लगानीमा चन्द्रागिरी–चित्लाङ–पालुङ हुँदै चितवन जाने द्रुतमार्गलाई पहिलो चरणमा प्राथमिकताका साथ निर्माण गरिने बताइएको छ।
दोस्रो चरणमा चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निर्माण गर्न लगानी बोर्ड मार्फत प्रक्रिया अघि बढाइने बजेटले उल्लेख गरेको छ।