मेलम्ची खानेपानी विकास समिति खारेज
सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी सरसफाइ कोष विकास समिति खारेज गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत उक्त समितिहरू खारेज भएको जनाएका हुन्। अब उक्त समितिबाट सम्पादन हुँदै आएका काम खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन हुने जनाइएको छ।