निर्यातमूलक उद्योगलाई आठ प्रतिशत नगद अनुदान, विदेशीलाई अपार्टमेन्ट बिक्री गर्न पाइने
आगामी आर्थिक वर्षको बजेटले जुत्ता, सफ्टवेयर, सिमेन्ट, डन्डीजस्ता वस्तुका निर्यातमा आठ प्रतिशत नगद अनुदान दिने कार्यक्रम घोषणा गरेको छ। निर्यात प्रवर्द्धन गर्न सरकारले ठूलो सहुलियत कार्यक्रम अघि सारेको हो।
त्यसै गरी मासिक रु.१० करोडभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महशुलमा दुईदेखि १५ प्रतिशत छूट दिने प्रस्ताव पनि गरिएको छ। बजेटले नेपाली निर्माण व्यवसायीलाई विदेशमा सेवा निर्यात गर्न दिन कानून संशोधन गर्ने पनि उल्लेख गरेको छ।
बजेटले १०० भन्दा बढी युनिट भएको अपार्टमेन्टले २० प्रतिशतसम्म अपार्टमेन्ट विदेशीलाई बिक्री गर्न पाउने व्यवस्था पनि गरेको छ। यस्तै‚ उद्योगले हदबन्दीभन्दा बढी जग्गा राख्न तथा यस्तो जग्गा धितो राखी कर्जा लिन, टाट पल्टिएमा बिक्री गर्न समेत पाउने व्यवस्था गरेको छ। उक्त व्यवस्थाका लागि व्यवसायीहरूले लबिइङ गर्दै आएका थिए।