पहाडी भेगमा मौसम बदली‚ केही ठाउँमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज देशका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
स्थानीय वायु‚ भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण बुधबार बिहान पहाडी भू-भागमा सामान्य बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतः सफा छ।
दिउँसो देशका विभिन्न भेगमा मौसम बदली रही पहाडी भू-भागका केही र तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशका विभिन्न भेगमा मौसम बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थान वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।