इद पर्वका अवसरमा मंगलबार सार्वजनिक बिदा
सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद (इद उल फितर) का अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी वैशाख २० गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। इस्लाम धर्मावलम्बीको पर्व इदका अवसरमा सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्।
रमदानको अवसरमा इस्लाम धर्मावलम्बीले एक महीना लामो व्रत मंगलबार समापन गर्दै छन्। रमदानको अन्तिम दिन इद उल फितर मनाइन्छ।