एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणी सहित राजपत्रमा प्रकाशित
संसद्ले अनुमोदन गरेको अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणी सहित राजपत्रमा प्रकाशित भएको छ।
लामो विवादपछि गत फागुन १५ गते प्रतिनिधि सभाको बैठकले व्याख्यात्मक टिप्पणी सहित अनुमोदन गरेको थियो। त्यसलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले वैशाख १५ गतेको राजपत्रमा प्रकाशित गरेको हो।
५० करोड डलर अनुदान प्राप्त हुने यो परियोजनाका लागि २०७४ मा नेपाल र अमेरिकाबीच सम्झौता भएको थियो। अनुदान रकमले विद्युत् प्रसारण लाइन र सडकको स्तर सुधार गरिने भनिएको छ।
राजपत्रमा प्रकाशित एमसीसी सम्झौता: