स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन
स्थानीय तह निर्वाचनका लागि दलहरूले उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन हो। वैशाख ३० गते हुने निर्वाचनका लागि हिजो र आज उम्मेदवारी दर्ताको कार्यसूची छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार‚ आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। दर्ताको समय सकिए लगत्तै आजै उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगको कार्यतालिका छ।
वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने‚ १४ र १५ गते उजुरीमाथि जाँचबुझ गरिने आयोगले जनाएको छ। वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।