फिल्म साउथएशियाका ७१ वृत्तचित्र अनलाइनमा निःशुल्क हेर्न पाइने
वृत्तचित्र महोत्सव ‘फिल्म साउथएशिया २०२२’ मा प्रदर्शन हुने वृत्तचित्र अनलाइनमा पनि हेर्न पाइने भएको छ।
चारदिने महोत्सवमा ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा दक्षिणएशियाका वृत्तचित्र प्रदर्शन भइरहेका छन्। भौतिक रूपमा उपस्थित हुन नसक्ने दर्शकका लागि अनलाइनमा निःशुल्क हेर्न सक्ने व्यवस्था गरिएको छ।
काठमाडौं बाहिर तथा विदेशमा रहेका दर्शकले पनि सहज रूपमा हेर्न सकून् भनेर अनलाइन मार्फत प्रदर्शनको व्यवस्था गरिएको फिल्म साउथएशियाले जनाएको छ। महोत्सव अवधिभर मात्रै अनलाइनमा हेर्न सकिनेछ।
वैशाख ८ गतेदेखि पाटनढोकामा प्रारम्भ भएको महोत्सव वैशाख ११ गतेसम्म चल्नेछ। महोत्सवमा दक्षिणएशियाका आठ देशका ७१ वृत्तचित्र प्रदर्शन हुनेछन्।
महोत्सवमा विभिन्न देशका फिल्म निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूको सहभागिता छ।
फिल्म साउथएशियाले हरेक दिन प्रदर्शन हुने वृत्तचित्रको सूची राखेको छ। अनलाइनमा राखिएको सूचीमा अनुसार क्लिक गरेर वृत्तचित्र हेर्न सकिनेछ।
अनलाइनमा वृत्तचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।