पाँच लाख घूस लिएको आरोपमा मालपोतका निमित्त प्रमुख पक्राउ
सेवाग्राहीसँग पाँच लाख घूस लिएको आरोपमा धनुषाका मालपोत कार्यालय निमित्त प्रमुख पक्राउ परेका छन्।
सोमबार बिहान मालपोत कार्यालय, धनुषाका निमित प्रमुख सुनिलकुमार झा पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
निमित्त प्रमुख झालाई पाँच लाख घूस सहित पक्राउ गरिएको अख्यितारले जनाएको छ। जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग लिएको अख्तियारको आरोप छ।