कांग्रेस घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा
नेपाली कांग्रेस ‘स्थानीय तह निर्वाचन २०७९, घोषणा पत्र तयारी समिति’को संयोजकमा पार्टी महामन्त्री गगनकुमार थापा चयन भएका छन्।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले थापालाई संयोजक मनोनयन गरेको कांग्रेस केन्दीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि आजै पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा स्थनीय चुनाव घोषणापत्र तयारी समिति गठन गरेको छ।