एमाले र माओवादी ब्युँताएको ऋषि कट्टेलको नेकपा स्थानीय चुनावमा भाग लिन अयोग्य
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७९ दलले मात्रै भाग लिन पाउने भएका छन्।
निर्वाचन आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई चुनावमा भाग लिन अयोग्य ठहर गरेको छ। एक आयुक्तले हिमालखबरसँग भने, “ऋषि कट्टेलजीको नेकपा स्थानीय चुनावमा भाग लिन अयोग्य ठहर भएको छ।”
कट्टेलकै पार्टीसँग नाम जुधेको भन्दै २३ फागुन २०७७ मा सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वका नेकपाले मान्यता नपाउने फैसला गरेको थियो। जसले गर्दा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका थिए।