सरकारी दरबन्दी बढाउन प्रधानमन्त्रीलाई चिकित्सक संघको आग्रह
जनसंख्याको अनुपातमा सरकारी दरबन्दी थप गर्न नेपाल चिकित्सक संघले माग गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापनपत्र बुझाउँदै संघले युवा चिकित्सकको पलायन रोक्नको लागि सरकारी दरबन्दी बढाउन आग्रह गरेका छन्।
संघीय संरचना अनुसार स्थानीय तहमा कार्यरत चिकित्सक जीवनभर नै सोही निकायमा मात्र कार्यरत रहनुपर्ने भएकाले चिकित्सकको क्षमता तथा वृत्तिविकासमा बाधा पुग्ने संघले जनाएको छ। चिकित्सकलाई संघीय सरकार मातहत नै राखेर स्थानीय तथा प्रदेश तहमा परिचालन गर्न उनीहरूले माग राखेका छन्।