एकैदिन साढे तीन हजारले घट्यो सुनको मूल्य
केही दिनदेखि उकालो लागेको सुनको मूल्य आज भने साढे तीन हजारले घटेको छ।
सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ५०० ले घटेर एक लाख दुई हजारमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार ५०० मा कारोबार भएको थियो।
त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ। यसको मूल्य बुधबार प्रतितोला एक लाख पाँच हजार थियो।
यसैगरी, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेर एक हजार ४०५ पुगेको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ।